फागुन २६ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचक आज करिब ३३ अंकले बढ्यो

मेरो आर्थिक मेरो आर्थिक माघ ३ गते २०७९ १०:२३ AM

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ३३ अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा करेक्सन भएको नेप्सेमा यस दिन भने सुधार भएको हो।
यस दिन नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा यस दिन २५0 स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक गरेसँगै कम्पनीको शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन अपर तामाकोशीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुपको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?