नेप्से सूचकमा गिरावट
![मेरो आर्थिक](https://meroaarthik.com/wp-content/litespeed/avatar/1d16ecb897c0a09b2ed2fc5b1a6b9401.jpg)
मेरो आर्थिक
माघ ४ गते २०७९
समयः ११:१६ am
बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बृद्दि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो दिन ३२ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् ।