Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्सेमा सामान्य वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
माघ १० गते २०७९

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब ५३ अङ्कले उकालो लागेर चार सय १५ दशमलब ५४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उकालो लाग्दा चार उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबार भएकामध्ये एक सय नौ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ८९ कम्पनीको ओरालो लागेको छ ।

कूल ८३ लाख एक सय ८७ कित्ता शेयर रु तीन अर्ब ३२ लाख ३० हजार ३९ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३७ अर्ब ६० करोड ५२ लाख १७ हजार दुई सय ७२ बराबर छ ।

Add a new comment