फागुन २६ गते २०८२ --:--:--
मेनु

सिभिल लघुवित्तले कति प्रतिशत लाभांश वितरण गर्दै

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ ५:०३ AM
सिभिल लघुवित्तले कति प्रतिशत लाभांश वितरण गर्दै

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। माघ १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बेठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?