Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्से परिसूचकमा आज कति अङ्कले गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
माघ १५ गते २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर रू तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।

Add a new comment