Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्से परिसूचक आज उच्च अङ्कले घट्यो

मेरो आर्थिक
मेरो आर्थिक
माघ १६ गते २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । 

त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ ।  कम्पनीको रू १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भयो । रिडी पावर कम्पनी रू १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी रू नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोसी रू नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनी रू सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ । 

Add a new comment