नेप्से प्रि ओपन सेसन करिब ३ अंक बढ्यो
मेरो आर्थिक
माघ १७ गते २०७९
समयः ५:३५ am
सोमबार ४१.१६ अंक घटेर २१२७.३७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.९१ अंक बढेर २१३०.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १३ स्टकको ६ लाख १० हजार १४६ रुपैयाँ ६० पैसा बराबरको १ हजार १०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।