फागुन २६ गते २०८२ --:--:--
मेनु

मनकामना स्मार्ट लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्‍यो

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०७९ ७:३४ AM
मनकामना स्मार्ट लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्‍यो

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ। माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?