Skip to content
logo
माघ २३ गते २०८१ समयः

एशियन हाइड्रोपावरको आइपिओ निष्कासन

मेरो आर्थिक
मेरो आर्थिक
माघ १७ गते २०७९

सर्वसाधारणका लागि एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

माघ २७ गतेदेखि कम्पनीले प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

१६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने उल्लेख छ ।

निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

Add a new comment