Skip to content
logo
माघ २३ गते २०८१ समयः

अपि पावरले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
माघ १८ गते २०७९
अपि पावरले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने

अपि पावर कम्पनीले लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा बोलाएको हो ।

यस्तै सभाले उक्त बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब १३ करोड रुपैयाँको १ शेयर बराबर ०.४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न तयारी गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुण ४ गते बुक क्लोज गर्नेछ । त्यस अनुसार फागुण ३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Add a new comment