फागुन २५ गते २०८२ --:--:--
मेनु

दुई कम्पनीको शेयर मूल्य समायोजन

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०७९ ७:१७ AM

नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा रिडि हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले अरुण भ्याली हाइड्रोपावर कम्पनी को पनि ८ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको शेयर मूल्य ३०८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस अघि कम्पनीको शेयरमूल्य ३३३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेले रिडि हाइड्रोपारको ४० प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजना भएको हो । मूल्य समायोजन पश्चात रिडि हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३८५ रुपैयाँ कायम भएको छ । यस अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३९ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?