Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्से परिसूचकमा गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
माघ २५ गते २०७९

मंगलबार एकै दिनमा ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ । नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ ।

बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।

Add a new comment