फागुन २५ गते २०८२ --:--:--
मेनु

जनउत्थान सामुदायिक लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक फागुन २ गते २०७९ ५:४० AM
जनउत्थान सामुदायिक लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। माघ २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?