फागुन २५ गते २०८२ --:--:--
मेनु

इङ्वा खोला हाइड्रोपावरले आईपीओ जारी गर्न स्वीकृति पायो

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०७९ ७:३१ AM

इङ्वा खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्तालाई उक्त सेयर निष्कासन गर्नेछ । जारी पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीले ३० प्रतिशत पूँजी साधारण सेयर मार्फत जुटाउन लागेको हो । कम्पनीले आईपीओ जारी गर्नको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाट क्षमताको इङ्ग्वा खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?