साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।
आज कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।
अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा ओरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।











