फागुन २५ गते २०८२ --:--:--
मेनु

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक फागुन ५ गते २०७९ ९:०१ AM

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा कुल १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता शेयरका लागि आवेदन दिनएका थिए। सोमध्ये १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ४१ हजार ५०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?