फागुन २५ गते २०८२ --:--:--
मेनु

दोल्ती पावरको आईपीओ बिक्री खुल्ला

मेरो आर्थिक मेरो आर्थिक फागुन ८ गते २०७९ ५:३२ AM

दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ ।

नौमुले र कालिका गाउँपालिकाका स्थानीय लागि २ लाख ४८ हजार ३४३ कित्ता, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?