फागुन २५ गते २०८२ --:--:--
मेनु

जीवन विकास लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक फागुन ८ गते २०७९ ५:५३ AM
जीवन विकास लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये २८ प्रतिशत बोनस शेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?