छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो निर्णय रद्द गर्दै चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समितिले गरेको हो ।
छ्याङ्दी हाइड्रोपावरले २ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर र माथिल्लो छ्याङ्दी खोला आयोजनाबाट ४ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।












