फागुन २५ गते २०८२ --:--:--
मेनु

मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०७९ ८:३४ AM
मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि जारी गरेको २२ लाख ६४ हजार ६५५ कित्ता प्राथमिक सेयर शुक्रबार बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल आवेदक मध्ये २ लाख २६ हजार २६५ जनाले जनही १०/१० कित्ता सेयर हात पारेका छन् भने १२ लाख ११ लाख ९८ हजार ८६ जनाको हात खाली हुन पुगेको छ ।

कम्पनीको आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको सनराइज क्यापिटलले जनाएको छ ।

आवेदकहरु मध्ये ५ जनाले भने ११-११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?