फागुन २५ गते २०८२ --:--:--
मेनु

माइखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

मेरो आर्थिक मेरो आर्थिक फागुन २५ गते २०७९ ७:२७ AM

माइखोला हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयकासँगै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । यसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयरमा स्थानीयले आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख ४२ हजार ९४१ कित्ता सेयर छुट्याइएको कम्पनीले जानकारी दिएको छ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरमा चैत ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?