फागुन २५ गते २०८२ --:--:--
मेनु

आज नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक फागुन २५ गते २०७९ १०:०५ AM

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५०.०४ अंकले बढेर २,००२ विन्दुमा पुगेको छ । ३० प्रतिशतले बजारमा कारोबार रकम समेत वृद्धि भएको छ। बुधबार बजारमा एक अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार एक अर्ब ५६ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

२६२ धितोपत्र तथा ऋणपत्र कारोबारमा आएकोमा १५ वटाको मात्रै मूल्य घटेको छ। मूल्य घट्नेमा दुई लघुवित्त अरू सबै सामूहिक लगानी कोषहरू छन्। त्यस्तै, २३७ वटाको मूल्य बढेर कारोबार भएको छ।

शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, अरुण काबेली, नबिल बैंक लगायतकाको सेयर कारोबार उच्च भएको छ। यस दिन सबैभन्दा धेरै बढ्ने सुभम पावर, नेपाल इन्स्योरेन्स लगायत छन्। धेरै मूल्य बढ्नेमा जलविद्युत् कम्पनीहरू रहेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?