साताको पहिलो कारोबारको दिन सेयर बजारमा खराब सुरुवात भएको छ । आइतबार नेप्से सूचक २८.६९ अंकले घट्दै १९ सय ७४ अंकमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७३.८५ अंकमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार २ अंकको विन्दुमा पुगेको थियो ।
आज १३ वटै बजार नै राताम्मे हुन पुगेको छ । झण्डै २९ अंकले घटेको बजारमा आज १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ बराबरको ४७ लाख कित्ता सेयर किनबेच भएको छ । शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने गुडवील फाइनान्स लिमिटेड डिभेन्चरका लगानीकर्ताहरुले ६.५५ प्रतिशतले गुमाएका छन् ।











