फागुन २५ गते २०८२ --:--:--
मेनु

आज सेयर बजारमा सामान्य वृद्धि

मेरो आर्थिक मेरो आर्थिक फागुन ३० गते २०७९ १०:४० AM

दुई दिन लगातार गिरावट भएको सेयर बजार मंगलबार सामान्य वृद्धि भएको छ । आइतबार करिब २७ अंक र सोमबार करिब २५ अंकले गिरावट भएको नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको छ ।

आज बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । बैंकिङ उत्पादनमुलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको हो ।

मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ४८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ४५ लाख र शिवम् सिमेन्टको ३ करोड १६ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ । मंगलबार कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत र शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो । सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै लघुवित्तको सेयरमूल्य ३.२ प्रतिशतले गिरावट हुँदा कृषि विकास बैंकको सेयरमूल्य ३.९० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?