फागुन २५ गते २०८२ --:--:--
मेनु

बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक चैत्र ३ गते २०७९ ७:२३ AM
बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत भएको सेयर बाँडफाँटमा ८ हजार ९५ जना आवेदकले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ हजार ६८९ जना आवेदकहरुको हात खाली भएको छ ।

कम्पनीको सेयरका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको छ । बीपीडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?