नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । दुबै कम्पनीले चैत ९ गतेदेखि एकिकृत कारोबार थाल्ने भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपछि चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछ ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।












