फागुन २५ गते २०८२ --:--:--
मेनु

सेयर बजारमा १२.१० अंकको वृद्धि

मेरो आर्थिक मेरो आर्थिक चैत्र १४ गते २०७९ १०:४३ AM

मंगलबार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । मंगलबार २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे भने अन्य उपसूचक बढेका छन् । सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।

मंगलबार सुपरमाइ हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य बढेको छ । तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ । धेरै कारोबार भएको कम्पनीहरु आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावर रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?