अर्थमन्त्री रामशरण महतको नियुक्ति पछि पहिलो पटक शेयर बजारमा सुधार देखिएको छ । अर्थमन्त्री महत नियुक्त भएपछिको पछिल्लो तीन कारोबार दिन शेयर बजारमा निरन्तर गिरावाट देखिएको थियो । आज बुधबार भने शेयर बजारमा सामान्य सुधार देखिएको हो ।
यस दिन नेप्से सूचक ०.४५ प्रतिशत अर्थात ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको छ । बुधबार २६२ कम्पनीका २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच भएर ८१ करोड ६० लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यो मंगलबार भएको कारोबार रकमको तुलनामा १० करोड १५ लाख ६४ हजार रुपैयाँले कम हो । मंगलबार ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।











