फागुन २५ गते २०८२ --:--:--
मेनु

बोनस शेयर नेप्सेमा सूचीकृत

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० ६:५२ PM

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार साविकको सगरमाथा इन्स्योरेन्स, साविकको लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १२.४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको पनि ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.९९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेपाल हाइड्रो डेभलपर लिमिटेडको पनि १ लाख ५५ हजा ९६५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?