फागुन २५ गते २०८२ --:--:--
मेनु

आईएमई लिमिटेडले आइपिओ निष्काशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० ७:११ PM
आईएमई लिमिटेडले आइपिओ निष्काशन गर्ने

आईएमई  लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

आईएमईले  आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि  सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्न लागेको हो । 

आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?