आज बिहीबार सेयर बजार घटेको छ । आज बिहीबार सेयर बजार २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरु घटेका छन् ।
आज २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ ।











