फागुन २५ गते २०८२ --:--:--
मेनु

नेप्से संगै कारोबार रकम पनि घट्यो

मेरो आर्थिक मेरो आर्थिक वैशाख २७ गते २०८० ४:२३ PM
नेप्से संगै कारोबार रकम पनि घट्यो

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १० अंक बढेर बन्द भएको नेप्से, यस दिन २.४३ अंक घटेर १८४१.९३ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ इण्डेक्स ०.१२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको १६ हजार १०० पटकको कारोबारमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको १९ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिवम् सिमेन्ट्सको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एनसीसी बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ७.२४ प्रतिशत घटेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?