आज सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।












