नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेड (KPCL) को बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको १० लाख ३५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ % बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिने छ ।











