आईएमई लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा (आईपीओ) जारी गर्ने स्वीकृति दिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।
कम्पनीले चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
कम्पनीले प्रतिसेयर अंकित मूल्यमा १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसमा सेयर जारी गर्न लागेको हो ।
कम्पनीले एक करोड २० लाख कित्ता सेयरजारी गरेर सर्वसाधारणबाट प्रिमियमसहित २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासनको लागि सिभिल क्यापिटले मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ र आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ भने प्रिमियम मूल्यमा जारी गरेको सेयरवापत एक अर्ब ७६ करोड ७ लाख ७४ हजार सेयर प्रिमियमको रुपमा थप पुँजी संकलन हुने छ ।











