शत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव सहितको साधारण सभा


सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारणसभा असार १३ गते बोलाएको हो ।
धुम्रबराह भेन्यु, धुम्वाराही काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुनेछ जसामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
समुह–क बाट ४ जना र समुह–ख बाट २ सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
जेठ ३० गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् । सभा प्रयोजनको लागि कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्ने जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%