माघ २४ गते २०८२ --:--:--
मेनु

नेप्से र कारोबार रकम दुवैमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक जेठ २४ गते २०८० ४:५० PM
नेप्से र कारोबार रकम दुवैमा वृद्धि

यस दिन नेप्से परिसूचक ४.६८ अंक बढेर १९३२.३३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २६१ स्टकको ४१ हजार ६१३ पटकको कारोबारमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको ६५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ९ करोडको शेयर कारोबार भएको छ।
यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १२३ रुपैयाँ बढेर १ हजार ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०२ प्रतिशत बढेको छ भने स्वाबलम्बन लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?