Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २५ गते २०८०

जेठ २५ गते, बिहीबार, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बाँडफाँट गरेको हो।

स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।

Add a new comment