फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक जेठ २५ गते २०८० ४:४३ PM
नेप्से परिसूचकमा वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो २ कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचकले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ।

यस दिन २७३ पटकको कारोबारमा ४३ हजार १२८ पटकको कारोबारमा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको ५९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दोल्ती पावर र भुगोल इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यी दुबै कम्पनीको शेयर यसैदिनदेखि कारोबारमा आएको हो। यस दिन दोल्तीको शेयरमूल्य २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ भने भुगोल इनर्जीको शेयरमूल्य २० रुपैयाँ २० पैसा बढेर २२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?