नेप्से परिसूचकमा वृद्धि

आइतबार नेप्से परिसूचक ४०.४८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ६.१० अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ। यस दिन कारोबार अवधिमा नेप्से परिसूचक १९८३.९८ विन्दुसम्म पुगेको थियो। यद्यपि, अन्तिम समयसम्ममा नेप्से सामान्य अंक घटेर १९८०.०९ विन्दुमा बन्द भएको छ।
यस दिन २७५ स्टकको ६१ हजार ४५० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो साढे ४ महिना यताकै उच्च हो। यस अघि गत वर्षको माघ ११ गते नेप्सेमा ३ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, मकर जीतुमाया सुरी हाइड्रोपावर र हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन २३ स्टकको मूल्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र आइएमई जनरल इन्स्योरेन्सको १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।