बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १६.४२ अंक बढेर २०३७.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७५ स्टकको ७९ हजार ४६१ पटकको कारोबारमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।












