सर्वसाधारणका लागि घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि भर्न पाउने छन् । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले आह्वान पत्र प्रकाशन गरी जानकारी दिएका हुन् ।
वैदेशिक रोजगारमा रहेका, स्थानीय प्रभावित, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइसकेपछि बाँकी ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्न लागिएको हो । बिक्री प्रबन्धकका अनुसार अंकित मूल्य १ सयमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि भर्न पाउने तथा असार ४ सम्म अन्तिम मिति तय गरीएको कम्पनीले जनाएको छ ।











