फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा निरन्तर वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार ३ गते २०८० ४:०५ PM

आइतबार पनि नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि ५ अर्ब नजिक पुगेको छ। शेयर बजार लगातार बढ्दो क्रममा देखिएको छ। विगत ९ दिनदेखि नेप्से सूचक सकारात्मक छ। ९ दिनमा नेप्से १९१ अंकले बढिसकेको छ।

गत जेठ २२ गते १९०१.९९ विन्दुमा रहेको नेप्से सूचक आइतबार २०९४.३३ विन्दुमा पुगेको छ। यो अवधिमा नेप्से सूचक लगातार सकारात्मक देखिएको छ।

यस दिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। एक महिना अघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ।

बजार निरन्तर बढ्दा लगानीकर्ताको आकर्षण होटल र बिमा कम्पनीहरुमा धेरै देखिएको छ। यस दिन जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटल उपसमूहको ६.१५ प्रतिशत,अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ।

आइतबार नेपाल इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ग्रिन भेन्चर कम्पनी,सुपरमादी हाइड्रोपावर लगायत ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यता सुभम पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ४.०८ प्रतिशत र भुगोल इनर्जीको ३.७३ प्रतिशतले घटेको छ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९२ लाख, सोल्टी होटलको १६ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?