Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परीसूचक सोमबार सामान्य अंकले घट्यो

मेरो आर्थिक
मेरो आर्थिक
असार ४ गते २०८०

सोमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ। कारोबार रकम करिब ५ अर्ब नजिक पुगेको छ। विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेको छ।

यस दिन ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ।

यसअघि होटल र इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको बढी आकर्षण रहेकोमा अहिले ती सेक्टरले केहि विश्राम लिन खोजेको देखिन्छ। सोमबार होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

सोमबारको बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स र विकास बैंकमा देखिन्छ। यस दिन फाइनान्स उपसमूहको सूचक ५।२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ।

सोमबारको बजारमा लगानीकर्ताले सेक्टर परिवर्तन गर्न खोजेको देखिन्छ तर बजारमा खरिदचाप भने कायमै छ। हालसम्म फाइनान्स र विकास बैंकको शेयरमूल्य अन्य कम्पनीको तुलनामा निकै कम बढेको थियो। जसले गर्दा लगानीकर्ताले उक्त क्षेत्रमा खरिद चाप बढाएको देखिन्छ।

यस दिन सेन्ट्रल फाइनान्स,माउन्टेन इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर र सिटि होटलको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ।

सोमबार युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने पाँचथर पावर, अभियान लघुवित्त र अपरहेवा हाइड्रोको शेयरमूल्य पनि उच्च् दरमा घटेको छ।

सोमबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १८ करोड १३ लाख, सोल्टि होटलको १७ करोड ८९ लाख र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Add a new comment