Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

आज नेप्से परिसुचकमा सामान्य वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
आज नेप्से परिसुचकमा सामान्य वृद्धि

आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो ।

नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य भने स्थिर कायम भएको छ ।

यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ३.२४ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको २.७७ प्रतिशत बढेको छ। घटेका ९ उपसमूहमध्ये यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन तारागाउँ होटल, आरियन्टल होटल, कालिञ्चोक दर्शन, बिपिडब्लु, सिटि होटल र हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन सर्वाधिक ८.४१ प्रतिशत घटेको छ।

यस दिन २७६ स्टकको ५६ हजार ५५६ पटकको कारोबारमा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ।

Add a new comment