फागुन २४ गते २०८२ --:--:--
मेनु

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८० १२:१५ PM
नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट

नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । आज असार ११ गते अलफ्ट होटल, ठमेलमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेका छन् । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अुनसार योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्येबाट पनि भाग्यमानी एकजनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?