फागुन २४ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८० ४:३९ PM
नेप्से परिसूचक सामान्य अंकले वृद्धि

साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । आइतबारको तुलनामा करिब १ अर्ब बढीले गिरावट आएको हो । आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबै भन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?