Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
असार ११ गते २०८०
नेप्से परिसूचक सामान्य अंकले वृद्धि

साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । आइतबारको तुलनामा करिब १ अर्ब बढीले गिरावट आएको हो । आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबै भन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।

Add a new comment