Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

बजारमा अर्को नयाँ आइपिओ आउँदै

मेरो आर्थिक
मेरो आर्थिक
असार ११ गते २०८०
बजारमा अर्को नयाँ आइपिओ आउँदै

काठमाडौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा सोमबार आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको गत भदौ २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हिमस्टार उर्जा कम्पनी लिमिटेडले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले सोलुखुम्बुको रावादोलु र ओखलढुंगाको गोली भएर बग्ने बुकु खोलाको पानी प्रयोगमा ल्याएको छ । हाल हिमस्टार उर्जा कम्पनी लिमिटेडको ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

Add a new comment