फागुन २४ गते २०८२ --:--:--
मेनु

कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपीयो निष्कासन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८० १:४८ PM
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपीयो निष्कासन गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यहि असार २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात कम्पनीले अब
सर्वसाधारण लगानीकर्ताले १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सकिने जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपीयाअसार २९ गते सम्म आवेदन दिन सकिने छ । कम्पनीले निस्कासन गरेको आईपीओ सबै बिक्रि नभए ढिलोमा साउन ९ गते सम्म आबेदन दिन सकिने छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?