फागुन २४ गते २०८२ --:--:--
मेनु

आईएमई लाइफको आईपीओमा आवेदन आज अन्तिम

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८० ११:३३ AM
आईएमई लाइफको आईपीओमा आवेदन आज अन्तिम

आईएमई लाइफ इन्स्योरेन्सले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने असार १५ गते आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई भनेर आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर जारी गरेको हो ।

कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गरिएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?